समाचार खेल

जेलभित्र रोनाल्डिन्होको 'वर्थ डे'

जेलभित्र रोनाल्डिन्होको 'वर्थ डे'

ब्राजिली लिजेण्ड रोनाल्डिन्होले जेलभित्र ४० औं जन्मदिन मनाएका छन् । नक्कली पासपोर्टको अभियोगमा पाराग्वेको जेलमा रहेका रोनाल्डिन्होले जेलभित्र जन्मदिन मनाएका हुन् ।

जेलभित्र रहेका रोनाल्डिन्होलाई रोनाल्डो र रोबर्टो कार्लोसले जन्मदिनको शुभकामना दिएका छन् । पाराग्वेको जेलभित्र कठिन समय बिताईरहेका रोनाल्डिन्होले भने ईन्स्टाग्राममा राम्रो सन्देश प्राप्त गरेका छन् ।

४३ बर्षका रोनाल्डोले फोटो सहित पोस्ट गरेका छन्, 'बधाई छ साथी, तिमी चाँडै जिवनको कठिन अवस्थाबाट फर्कने छौ ।'

 Ronaldo and Ronaldinho are revered in Brazil after winning the 2002 World Cup

४६ बर्षका कार्लोसले संगै खेलेको फोटो पोस्ट गर्दै लेखेका छन्, 'तिमीलाई धेरै शुभकामना छ साथी ।'

रोनाल्डिन्होसंग बार्सिलोनाबाट खेलेको स्यामुयल ईटोले भविष्यका लागि शुभकामना दिदै लेखेका छन्, 'सोच्न सकेको छैन, तिम्रो मनले के सोचिरहेको छ ।'

उनले भनेका छन्, 'हेलो साथी, मसंग केही शब्द छैन । के बोल्ने भन्ने मलाई थाहा छैन । हामी सोचिरहेका छौ, कसरी तिमीमा उत्साह भर्न सक्छौ भनेर ।'

रोनाल्डिन्होले ४० औं जन्मदिन जेल भित्र एक्लै मनाएका छन् ।

उनले २६ औं जन्म दिन बार्सिलोनाको नाईट क्लबमा बिहान ६ बजेसम्म मनाएका थिए । यस्तै, ३२ औ जन्मदिन दसौ हजार पाउण्ड खर्च गरेर ब्राजिलको महङ्गो होटलमा मनाएका थिए ।