राजनीति समाचार

सीमा नाका बन्द गर : संसदीय समिति

सीमा नाका बन्द गर : संसदीय समिति

संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि भारतसँगको सिमा नाका तत्काल बन्द गर्न सरकारलाई निर्देशन दिएको छ।

मिरादेवी जैर सभापति रहेको समितिको आइतबार बसेको बैठकले सीमाबाट हुने आवात जावतलाई व्यवस्थित गर्न नाका बन्द गरी सुरक्षाका उपाय अबलम्बन गर्न निर्देशन दिएको हो।

बैठकले कोरोना परीक्षण तथा नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री तत्काल उपलब्ध गराउन र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ।

दैनिक उपभोग्य बस्तु सहज बनाउन निर्देशन दिँदै समितिले विदेशी नागरिकको आगमनमा तत्काल प्रतिबन्ध लगाउन निर्देशन दिँदै भनेको छ, ‘तर, नेपाली नागरिकलाई स्वदेश आगमनमा खुला गर। अनि क्वारेन्टाइनमा बस्ने प्रबन्ध मिलाऊ।’

जवाफमा वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सीमा नाका बन्द गराउने विषयमा कुटनीतिक पहल भइरहेको जानकारी दिए।