राजनीति

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएपछि पहिलो पटक राष्ट्रिपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच आइतबार बिहान राष्ट्रपति भवन शितल निवासमा भेटघाट भएको हो।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ‌‌‌‌ओली र राष्ट्रपति भण्डारीबीच पहिलाे पटक भेटघाट भएकाे हाे।

मिर्गौला प्रत्यारोपण लागि गत फागुन १९ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थिए।

प्रधानमन्त्री ओली फागुन ३० गते डिस्चार्ज भएर प्रधानमन्त्री निवास बालुवाटार फर्किएका थिए।