कला साहित्य

खाम

खाम

शम्भु अर्याल (स्याङ्जा)

यतिबेला दुबई विमानस्थलबाट ओर्लिरहेको छु ।  माटोको ममता , तृष्णा र सुगन्ध  कालजयी त छ नै । बा ,आमा  , सँगि साथि र वैवाहिक जीवनको आलो रङ्गले आकुल जिन्दगी । खुशिहरू खाम भित्रको हुलाक जस्तै । 

पत्र कति छुपारूस्तम हुन्छ । खुलदुलि , हुटहुटि ,निकट , दुर , ह्वाङ , स्वाङ ,नौटङ्मी सबै हुन्छ खाम भित्र । खाममा आत्मीयता गोपनियता , दुःखदर्द  ,वेदना ,माया प्रेम ,मित्रता र झगडा सबै खाम भित्र नै त हुन्छ । खाम गोपनियता हो । खाम मित्रता हो । खाम बन्धनको एकता । कसम नतोड्ने एकता पनि त हो ।   खाम भित्रको  आतुर खवर जस्तै लागिरहेको छ आफुलाई । खाम भित्र बा को मृत्यु हुन्छ । आमाको सिन्दुर हुन्छ । आलोक , विलय , मिलन , वियोग ,ममता , आतुर ,खुशि , आँशु , हतार हुलाक कति  लुक्न सक्छ हाँ रु

ट्याप्प झोला टिपेर हिँज मात्र सिंन्दुर रङ्ग्याएको ।  आमाको वात्सल्यबाट क्षणभर बिमुख नभएको । सँगि साथिहरूसँग हर पल निकट र ज्यान फाल्न तमतयार नवयुवक । फोन ,फेसबुक  र इमेलको शुविधा नहुँदा बिछडिनुको आर्तनादलाई मात्र थाहा हुन्छ खाम भित्रको कौतुहलता । उँचो र निच हैसियत मानव जीवनमा हुँदैन । पद प्रतिष्ठा , उँचो , निचो ,जिन्दगीको परिभाषामा म निकै फैलिन मन लाग्छ ।  खियिन्छु पनि जसरी क्षयिकरण हुन्छन् पहाडहरू । जसरी पग्लिन्छन् हिमालहरू ।

आफु लुकिरहेको छु । परिवार, साथिभाई, इष्टमित्र कति अभाव महशुस गरिरहेका होलान् मलाई । खरबारीको पाटोमा खेलिरहेको डण्डि वियो कता छिरलिएको होला रु प्रिया कति बिलखमन्नमा परेकी होलिन् ? मेरो मन बलिन्द्र आँशु छुट्न नसकेर कति भक्कानिएको छ खाडीमा । सजल नयनको भाषा मात्र कत्रो उपन्यास हुन्छ ? कहिल्यै नटेकेको माटो ।  कहिल्यै   नहिंडेको बाटो । बोल्दै नबोलेको भाषा । सुन्दै नसुनेको आवाज । म कसरी पुर्याउन सक्छु मेरो आँधि र भङ्गालो बिचको मेरो  वर्तमान  । परिवार सम्म रु यस्तैे दुई चार वर्ष बन्धकमा परेको जिन्दगीले बुझ्न सक्छ खाम भित्रको बृहत् पाठ्यक्रम । पढ्नुको मजा । पढ्नुको तृप्तता । सिक्नुको जड गुरु मन्त्र र जीवनको मुल गणित शुत्र। लुक्नु को आनन्द निर्जीव खोलले लिईरहला । खामवन्दिको कठोरता गम महशुस नगरिराखोस । शिलबन्दि कठोर , क्रुर , ममतामयि या निष्ठुर जे पनि हुन सक्ला । 

मान्छेको मन पनि खाम नै लागिरहेको छ मलाई । लुक्नुको मजा लुकाउन सक्नेलाई मात्र थाहा हुन्छ । अरूलाई दुखाउन कति खप्पिस हुन्छन् मान्छेहरू । कतै न कतैबाट साइनो जोड्नेहरू  नै कहीं कतै दुखाइ रहन्छन् । कति सजिलै परपिडक बनिदिन्छ मान्छे । लुकाउन सक्नेहरू  मन भित्रै लुकाइदिन्छन् । टीका टिप्पणी , छलफल , दहलफसल कम र प्रशंसा , शुभेच्छा ,कुसल , मङ्गल मात्र चिन्तन हुन्छ । उनिहरू सुनाउन भन्दा सुनिदिन्छन् । लुकाईदिन्छन्  लुकिदिन्छन्  । उनिहरू सकारात्मक सोंचमा लुकिरहन्छन् । मान्छे कति समझदार छ भन्ने कुरा उसको ज्ञान , मान ,पद , प्रतिष्ठा र उच्च शिक्षा ले होइन उसको व्यवहार ,विचार र संस्कारले बताउँछ । मन पढ्न कसले सक्छ रु  जब तपाईंको मन कसैले पढिदिन्छ तपाई कम र अरू ज्यादा हावि हुन्छ त । अनि कसरी तपाई आफु रहनु भयो । तपाई यही हो कसैले भन्न सक्छ त कस्ले खोज्छ तपाईलाई रु छुप्नु दुरदर्शिता हो, कालजयी हो ,चिरकालासम्मको अनन्त खोज हो ।

लुक्न सक्नेहरू जिन्दगीमा हुलाकको खाम जस्तै बनिदिन्छन्। अक्षरबाट प्रारम्भ भएको चिठी निश्चित गन्तव्यमा गएर खुल्छ नै । जीन्दगी जो लुक्न चाहन्छ त्यो अवश्य देखिन्छ । आँफु लुक्न चाह्यो अरूले खोजिदिन्छन् । आँफु छुप्न खोज्यो अरूले अरूले नै भेटाइदिन्छन् । बस् तपाई यति मनन् गरिदिनुहोस । मन दुख्यो । चित्त दुख्यो हृदय बिग्रियो । लुकाउन सिक्नुहोस । जति लुक्नु हुन्छ उति देखिनु हुन्छ । तपाई जति देखिन चाहनुहुन्छ  उति छाँयामा पर्नु हुन्छ । आँफु स्वयंलाई चलाख , विज्ञ र जानकार सम्झनुहुन्छ भने बुझि राख्नु तपाई भन्दा परिपक्क र पोक्त आविस्कारक अर्को हुन्छ । बुझि राख्नु । कोही कसैसँग बस्दा यत्ति सतर्क बनीदिनुस् कि म सिकाउन हैन सिक्न बसिरहेको छु । पढाउन होइन पढ्न बसिरहेको छु । भेटाउन होइन खोज्न बसिरहेको छु । प्रतिवाद भन्दा ठुलो ज्ञान श्रवण हो । तपाईं सुन्न सक्नुहोस ।

मन बिग्रियो भन्दैमा तुरुन्तै आवेगमा नआउनुहोस । तुरुन्तै गलत शब्द नलेखनुहोस , नबोल्नुहोस । झर्किनु , भन्किनु  आवेग , रिसराग, द्वेष घमण्ड  कदाचित कोमलता हुन सक्दैन ।  मन बदलिन सक्छ । बिचार परिवर्तनसिल हुन्छ । तर लेखेको शब्द कहिल्यै मेटिदैन । वगेको वाणी कहिल्यै फर्किदैन । सानो भएपनि ठुलो भएपनि चोट चोट नै हुन्छ । धेरै थोरै  जति भएपनि आखिर मन दुख्छ  । घमण्डको पर्दा भएको नानीले न अरूको क्षामता देख्छ न आफ्नै असक्षमता । न त अरूको गुण देख्छ न त आफ्नो अवगुण नै । लेखेको  पढ्नेहरू हुन्छन् । देखेको हेर्नेहरू हुन्छन् । लेखेको र देखेकोमा लुकेको चिज नयाँ हुन्छ । लुकेको आविस्कार गर्ने कति हुन्छन् हँ रु चिठी एउटाले लेख्छ  । बोक्छ कसैले । खोल्छ अर्कोले, एकता र समूहको काम, कति फरक हुन्छ रु तपाई सकेसम्म लुक्नुहोस । जति लुक्नु हुन्छ उति खोजिनु हुन्छ । कहाँ सजिलो छ र लुक्न ?

मन सबैको हुन्छ ।  अरबौं मान्छेको भिडमा अनुहार खोजिन कति लुक्नु पर्ला । पशुले मान्छेलाई जित्न सके पशु बलिको सिकार हुँदो हो रु उ दाम्लो ले जता घिच्यायो उतै लतारिंदै अन्ततस् आफ्नै जीवनसँग परास्त बनिदिन्छ । यो उस्को पराजय हो । जिन्दगिको मैदानमा यो भन्दा कम कठोर लडाइँ म देख्दिन । तपाई जित्न नसके मरिरहेको हुनुहुनेछ । तपाई जित्न नसके समाज शासन त के तपाई आफ्नै परिवारमा मारिनुहुनेछ । मान्छे मान्छे बिचको  युध्द भन्दा भयानक अरू के होलारु पाइला पाइलामा युद्ध  छ । एक आपसमा द्वन्द्व छ ।

हतियार र बलको लडाइँ म मान्छेमा देख्दिन, सायद यस्तो युद्ध मान्छे लड्दैन । लड्यो भने विभिषका भयावह र भयानक हुन्छ । मान्छे पाइला पाइलामा लडिरहेको हुन्छ  मौन ,केका लागि तपाई आफै भनिदिनुहोस। मुड्किको लडाइँ मान्छेहरू माझ विनास हो त । विचार मान्छे हो । त्यत्ति ले त जोगिइ रहेको छ नाम मनुष्य । ठाउँ मानव जगतमा ।

जित्नेहरू बल्ल खोजिन्छन् अनुहारको भिडमा । रूखो वचनले तपाई आँफुलाई जित्नुहोला अरूलाई जित्न सक्नुहुन्न । बलले तपाईं एक क्षण अर्कोलाई पछार्नुहोला तपाई  त्यहाँ पनि हारिरहनुभएको हुनेछ । तर मान्छे सँग केही यस्ता गुण र तथ्यहरू छन् जसलाई कसैले हराउन सक्दैन । सिक्न खोज्नेहरूले सृजना पनि गर्न सक्छन् । सृजना गर्नेहरू जिन्दगीमा महान जित हासिल गर्छन् । अब तपाई आफै भन्नुहोस्  मान्छेले जित हासिल गर्न के गर्नु पर्छ रु तपाई लुक्दै जानुहोस  दुनिया खोज्दै जान्छ । जसरी खामभित्रको चिठि जस्तै हुन्छ मान्छेको मन । 

खवर ,खुलदुली , हुटहुटी , गोपनियता , दुख ,  दर्द ,आशा , निराशा , ह्वाङ , स्वाङ , नौटङ्की । दुख , दर्द ,वेदना ,खोज कति कुराहरू लुकिरहेको हुन्छ मन भित्र  शिलवन्द खाम जस्तै ।

खाम