विदेश

उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्रको परीक्षण

उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्रको परीक्षण

काठमाडौँ। सम्पूर्ण विश्व समूदाय यतिबेला कोरोनाको महामारी विरुद्ध लडिरहेका बेला  उत्तर कोरियाले भने दुई वटा छोटो दूरीका क्षेप्यास्त्रको परीक्षण गरेको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार शनिवार विहानै उत्तरले पेङ्योङआन प्रान्तबाट पूर्वी सागरमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको हो।

उत्तर कोरियाले गत महिनाबाट शुरु गरेको सैन्य अभ्यासकै निरन्तरतामा मिसाइल परीक्षण गरेको बताइएको छ ।

 

क्षेप्यास्त्र परीक्षण उत्तर कोरिया