स्वास्थ्य

यी रोगका लागि रामवाण हुन् सक्छ दुबो

यी रोगका लागि रामवाण हुन् सक्छ दुबो

तुलसी, बेलपत्ता, पिपल, सयपत्री र दुबोजस्ता बिरुवालाई पवित्र बिरुवा मानिन्छ। यी बिरुवाको पात पूजाआजामा प्रयोग हुन्छ । यी सबै औषधीय गुणले भरिपुर्ण हुन्छ ।

दुबो (Cynodon dactylon) एक चिरस्थाई प्रशारराशील राम्रो घाँस हो । यो जताततै पाईन्छ । यसमा बिटा सिटोस्टिरल, बिटा केरोटिन, भिटामिन सी, केरोटिन्स, ग्लुकोसाईड, पामिटिक अम्ल, ट्रायटपेनोईड, एरन्ड्रोइन, फेरुलिक मोनो तथा ओलिगो सेकेराईड पाईन्छ ।

औषधीय गुण नेत्ररोग, नाथ्री फुटेमा, अतिसार, छाती पोलेमा, मधुमेह, क्यान्सर, नपुङ्सकता, रक्तप्रदर, लुतो र जिउ चिलाउने, सुजन (सुन्निने) रक्तसाधक, वमननाशक, पिसाब पोलेको र पिसाबमा रगत आएमा, अपस्मार (मुर्छा), व्रण रोपण (घाउ पुर्ने) पथरी, पुरानो प्रमेह रोग उपचार गर्न प्रयोग गरिन्छ ।

-नाथ्री फुटेमा २ थोपा दुबोको रस नाकभित्र हाल्नाले फाइदा पुग्छ। 

-मिश्री पानीसँस दुबोको रस मिसाएर पियो भने पिसाब पोल्ने, प्रमेह आदीलाई फाईदा गर्छ ।

–दुबोको पंचाङ्ग (जरा,डाँठ, पात,फूल, फल) लाई सिलौटामा कुटेर, पिसेर रस निकालिन्छ । छानेर प्रयोग गनुपर्छ । मात्रा – स्वरस – देखि १० – २० मिली ।

दुबो