समाचार राजनीति भिडियो

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीको भिडियो सन्देश (भिडियोसहित)

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीको भिडियो सन्देश (भिडियोसहित)

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला प्रत्यारोपणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुपूर्व भिडिओ सन्देश मार्फत देशवासीको नाममा सम्बोधन गरेका छन्।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले प्रधानमन्त्रीले भिडिओबाट मार्फत देशवासीको नाममा सम्बोधन गरेको बताए। सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा। प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । प्रा।डा। दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुनेछन् ।

ुप्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि ‘प्रिप्रेसन’मा राखिने छु, उनले भने । प्रधानमन्त्रीको मुटुको एन्जियोग्राफी जाँच गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, मुटु रोग विभाग प्रमुख प्रा।डा। अरुण सायमीले बताए ।