समाचार

कतारले १ सय ५० जना नेपाली कामदारलाई नेपाल पठायो

कतारले १ सय ५० जना नेपाली कामदारलाई नेपाल पठायो

काठमाडौँ। कतारले १ सय ५० जना नेपाली कामदारलाई नेपाल पठाएको छ।  

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले भिडभाडमा नजान दिएको निर्देशन पालना नगरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो ।

पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई बिहीबार डिपोर्ट गरी नेपाल पठाएको हो । उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाडौं आएका हुन् ।

कतारले यसअघि २ सय ५० जनालाई डिपोर्ट गरेको थियो । ती नेपाली गत शुक्रबार सनैया क्षेत्रबाट पक्राउ परेका थिए ।

 

कतार कामदार नेपाल