विदेश

कोरोनाको महामारी रोक्न भारतमा 'जनता कर्फ्यु' को घोषणा

कोरोनाको महामारी रोक्न भारतमा 'जनता कर्फ्यु' को घोषणा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको महामारी रोक्न आइतबारदेखि 'जनता कर्फ्यु' लगाउने घोषणा गरेका छन् ।

भारतीय नागरिकलाई महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको उनले बताए। 

उनले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान गरेका छन् साथै अत्वाश्यक कामबाहेक बाहिर ननिस्कन र घुम्न नजान पनि आग्रह गरेका छन। 

कर्फ्यु आगामी आइतबारदेखि बिहान ७ देखि राति ९ बजे सम्मका लागि हुनेछ ।

भारत जनता कर्फ्यु