मनोरञ्जन

माल्दिभ्सको पुलमा रमाउँदै रीमा

माल्दिभ्सको पुलमा रमाउँदै रीमा

काठमाडौँ। अभिनेत्री तथा होस्ट रीमा विश्वकर्मा यति बेला माल्दिभ्स पुगेकी छिन् । ‘कमेडी च्याम्पियन’ सकिएलगत्तै विदा मनाउन रीमा माल्दिभ्स पुगेकी हुन् ।

हालै मात्र रीमाले इन्स्टग्राममा माल्दिभ्सका केहि तस्बिरहरु शेयर गरेकी छिनम जहाँ उनलाई स्विमिङ पूलमा रमाइरहेको देख्न सकिन्छ।

कोरोनाको कारण सरकारले अहिले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छ । त्यस्तै, घुमघामको लागि माल्दिभ्स पुगेकी रिमाले सामाजिक सञ्जाल फेसबुक मार्फत घर बाहिर ननिस्कन सल्लाह दिएकी छिन् ।

उनले एक भिडियो सार्वजनिक गर्दै भनेकी छिन्, ‘विश्वभर फैलिदै गएको कोरोना भाइरसको त्रासले हामी पनि अछुतो छैनौं । यति बेला डराउने भन्दा पनि आफ्नो सुरक्षा र स्वस्थ्यलाई प्राथमिकता दियौं ।

सरकारले बिना काम घर बाहिर ननिस्कनु भनेर नोटिस सार्वजनिक गरिसक्यो । त्यस्ले आफ्नो सुरक्षाको लागि धेरै भन्दा धेरै पटक हात धुनुस्, माक्स लगाउनुस्, सेनिटाइजर प्रयोग गर्नुस् ।’ साथै उनले खाली समयको सहि सदुपयोग गर्न सल्लाह दिएकी छन् ।

#रीमा बिश्वकर्मा