अर्थ

खुसीको खबर ! ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

खुसीको खबर ! ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको भाउमा बिहीबार भारी गिरावट आएको छ । 

बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १५ सयले घटेर ७५ हजार रुपैंया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ । बुधबार ७६ हजार २ सय पुगेको तेजावी सुन आज तोलाकाे ७४  हजार ७ सय रुपैयाँ तोकिएको छ ।  

यसैगरि बिहीबार चाँदीको भाऊ पनि घटेको छ । बुधबार ७ सय १० रुपैंयामा कारोबार भएको चाँदी आज ३० रुपैंयाले घटेर प्रतितोला ६ सय ८० पुगेको महासंघले जनाएको छ ।

सुनचाँदी मूल्य