विदेश

कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका बिरामीले गरे आत्महत्या

कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका बिरामीले गरे आत्महत्या

विश्वव्यापी बढिरहेको कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका एक बिरामीले भारतकाे दिल्लीको सफदरजंग अस्पतालबाट हाम्फालेर आत्महत्या गरेका छन् ।

ति विरामीले अस्पतालको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हिन्दुस्तान टाइम्सलेले जनाएको छ । समाचारका अनुसार मृतकको उमेर बाहेक अन्य परिचय खुलाइएको छैन ।  हात्महत्या गर्ने व्यक्तिको उमेर ३५ वर्ष रहेको बताइएको छ ।

उनी हालसालै अष्ट्रेलियाको सिड्नीबाट फर्किएका थिए । अस्पतालका एक कर्मचारीको उद्धृत गर्दै  हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘मृतकका नमूनाहरू कोरोना भाइरस परीक्षणको लागि पठाइएको थियो तर परिणाम अहिलेसम्म उपलब्ध छैन्।’ 
  

आत्महत्या कोरोना संक्रमण कोरोना भाइरस भारत