खेल

युरोकप र कोपा अमेरिका फुटबल खेल एक बर्षपछि सर्यो

युरोकप र कोपा अमेरिका फुटबल खेल एक बर्षपछि सर्यो

काठमाडौँ। सन् २०२० को युरोकप फुटबल एक वर्ष पछि सरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी  युरोकप सन् २०२१ सम्मको लागि सारिएको युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले जनाएको छ ।

युरोपका विभिन्न शहरमा आयोजना हुने युरोकप आगामी जुन १२ देखि जुलाई १२ सम्म हुने तालिका रहेको थियो । कोरोनाको जोखिमका कारण युरोकप सन् २०२१ को जुन ११ बाट जुलाई ११ सम्म हुने बताएको छ । युईएफएको आकस्मिक बैठकले युरोकप एक वर्ष सार्ने निर्णय गरेको हो ।

यसै गरी कोरोनाकै जोखिमका कारण सन् २०२० मा आयोजना हुने कोपा अमेरिका फुटबल पनि एक वर्ष पछि सरेको छ । कोपा अमेरिका सन् २०२१ सम्मको लागि सारिएको साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले जनाएको छ ।

 

कोपा अमेरिका युरोकप