स्वास्थ्य

ब्लड ग्रुप ए भएका मानिसलाई कोरोनाको जोखिम बढी

ब्लड ग्रुप ए भएका मानिसलाई कोरोनाको जोखिम बढी

एजेन्सी। ब्लड ग्रुप ए भएकाहरुलाई ओ भएकालाई भन्दा कोरोनाभाइरस हुने सम्भावना बढी रहेको चिनियाँ शिक्षाविद्हरूले पत्ता लगाएका छन ।

वुहानमा गरिएको एक अध्ययनअनुसार ब्लड ग्रुप ए हुनेहरूको कोभिड १९ बाट मर्ने सम्भावना पनि बढी रहेको पाइएको हो । उक्त अध्ययनमा ब्लड ग्रुप ए भएका मानिसहरू ४२ प्रतिशत र ओ ग्रुफ भएका २४ प्रतिशत देखिएको छ ।

अनुसन्धानकर्ताहरु संक्रमण रगतको प्रकारले किन फरक पर्छ भन्ने बारे छानबिन गर्न बाँकी छ । चीनका अन्वेषकहरूले हुबेईको तीन अस्पतालबाट २,१७३ जना व्यक्तिमा गरीएको यो अन्वेषणमा भाइससको संक्रमण पछि २०६ जना मरेका थिए ।

यस अध्ययनमा मरेका २०६ बिरामीहरूमध्ये ८५ जनामा ​​ए ब्लड ग्रुपको रगत थियो, जुन सबै मृत्युको ४१ प्रतिशत बराबर थियो। कोरोना भाइरस महामारीले विश्वभर लगभग २,००,००० मानिसहरूलाई संक्रमित गरिसकेको छ र ७,८०० भन्दा बढीको मृत्यु भइसकेको छ । चीनमा ३,००० भन्दा बढीको मृत्यु भएको छ ।

 

कोरोना भाइरस ए ब्लड ग्रुप