मनोरञ्जन

कोरोनाको डरले विश्व चर्चित गायिका माईली वासिङ मेसिनमा

कोरोनाको डरले विश्व चर्चित गायिका माईली वासिङ मेसिनमा

एजेन्सी। कोरोना भाइरसको संक्रमणको डरले हलिउडकी चर्चित गायिका माईली साइरस वासिङ् मेसिनभित्र लुकेकी छिन ।  

माईलीले आफुलाई वासिङ मेसिन भित्र बन्द गरेको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोको सुरुमा उनलाई खोज्दै आएका कोही ‘तपाई कहाँ हुनुहुन्छ ?’ भनिरहेको देखिन्छ । र कोठमा भिडियोमा वासिङ मेसिन देखिन्छ । त्यसभित्र माइली सेतो ब्ल्याङकेटमा बसिरहेकी हुन्छिन् ।

भिडियो हेर्दा के अनुमान लगाउन सकिन्छ भने माईलीलाई पनि कोरोना फोबियाले सताईरहेको छ । कुनै न कुनै कारणले चर्चामा आइरहने माईली यसअघि पनि सम्बन्धविच्छेदका कारण चर्चामा थिइन् । विवाहको आठ महिनापछि उनी र अभिनेता लियाम हेम्सवर्थबीच सम्बन्धविच्छेद भएको थियो ।

उसो त, माइली साइरस विश्व चर्चित गायिका हुन् । उनको स्टाइल र गायन औधी मन पराउने गरिएको छ । यसका अतिरिक्त माइलीले अभिनयबाट पनि धेरैको मन जितिसकेकी छिन ।  

 

#Miley Cyrus#