अर्थ

आज फेरी बढ्यो सुनको मूल्य, कति पुग्यो ?

आज फेरी बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौँ। बुधबार नेपाली बजारमा सुनको मूल्य १ हजारले बढेको छ ।

मंगलबार प्रतितोला ७५ हजार ५ सय रुपैंयामा कारोबार भएको सुन बुधबार १ हजारले बढेर ७६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ । मंगलबार ७५ हजार २ सय पुगेको तेजावी सुन आज तोलाकाे ७६ हजार दुई सय रुपैयाँ तोकिएको छ ।  

बुधबार चाँदीको भाऊ भने स्थिर छ । मंगलबार ७ सय १० रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।

#नेपाल सुनचाँदी व्यवसायी महासंघ