समाचार अर्थ

एडीबीद्वारा नेपालसहितका देशलाई करिब ८ खर्बको राहत प्याकेज घाेषणा

एडीबीद्वारा नेपालसहितका देशलाई करिब ८ खर्बको राहत प्याकेज घाेषणा

 

एसियाली विकास बैंक (एडीबी) ले नेपालसहितका विकासशील देशहरूलाई उपलब्ध गराउनका लागि करिब ८ खर्ब रुपैयाँबराबरको रात प्याकेज घोषणा गरेको छ । विश्‍वभर फैलिएको कोरोना भाइरसका कारण अर्थतन्त्र खुम्चिएको अवस्थामा विकासशील राष्ट्रलाई केन्द्रित गरेर ६ अर्ब ५० करोड डलरबराबरको प्याकेज घोषणा गरेको हो । 

एडीबीले बुधबार घोषणा गरेको प्याकेजअनुसार नेपाली रुपैयाँ करिब ८ खर्ब हुन आउँछ । बुधबारका लागि नेपाल राष्ट्र बैंकले १ डलरको मूल्य १ सय १९ रुपैयाँ तोकेको छ । जसअनुसार उक्त रकम ७ खर्ब ७३ अर्ब ५० करोड हुन आउँछ । 

एडीबीले सबैभन्दा ठूलो रकम भने स्वास्थ्य क्षेत्रमा छुट्याएको छ । ६ अर्ब ५० करोड रुपैयाँमध्ये ३ अर्ब ६० करोड रुपैया स्वास्थ्य क्षेबमा खर्च गर्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । त्यस्तै, कोरोनाबाट प्रभावित लघु, साना तथा मझौला उद्योगका लागि १ अर्ब ६० करोड डलर खर्च गर्ने जनाएको छ ।

एडीबीका उपाध्यक्ष मासात्सुगु अशाकावाले सदस्य राष्ट्रमा उत्पन्न संकटलाई उद्धार गर्न एडीबीले सहयोग प्याकेज घोषणा गरेको बताए । यसअघि आईएमएफले ५० अर्ब डलर र विश्‍व बैंकले १२ अर्ब डलरको राहत प्याकेज घोषणा गरिसकेका छन् ।