विदेश

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ पुग्यो

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ पुग्यो

कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या भारतमा तीन पुगेको छ । महाराष्ट्रमा ६४ वर्षीय वृद्धको ज्यान गएसँगै भारतबाट कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको हो ।  

दुबईबाट फर्किएका वृद्धको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

यसअघि सोमबार पाकिस्तानमा कतारबाट फर्किएका ३१ वर्षीय युवाको ज्यान गएको थियो । नेपाल रहेको सार्कका ८ सदस्य देशमा अहिलेसम्म तीन सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ भने २१ जना उपचारपछि निको भएका छन् । ३ सय ६१ जनाको उपचार भइरहको छ । 

भारतमा मात्रै एक सय २९ जनामा कोरोना पुष्टि भएको छ । १३ जना निको भएका र एक सय १३ जना उपचाररत छन् । 
 

कोरोना भाइरस भारत