मनोरञ्जन

‘परदेशी–२’मा दीलिप पनि देखिने

‘परदेशी–२’मा दीलिप पनि देखिने

काठमाडौंः नेपाली फिल्म ‘परदेशी–२’मा अभिनेता दीलिप रायमाझी पनि भित्रिएका छन् । छायांकनरत फिल्म ‘परदेशी–२’मा दीलिप भर्खर भित्रिएका हुन् । 

फिल्ममा उनी भित्रिएको जानकारी फिल्ममा अभिनेताको भूमिकामा रहेका गायक प्रकाश सपुतले दिए । सपुतले एकस्टाटस पोष्ट मार्फत फिल्ममा रायमाझी भित्रिएका जानकारी दिएका हुन् । उनले आफ्नो आइडल हिरो रुपमा समेत दीलिपको चर्चा गरेका छन् । 

केही सातादेखि पोखरामा छायांकन भइरहेको फिल्म ‘परदेशी–२’मा प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, वर्षा सिवाकोटी, केकी अधिकारी, नीर शाह, देवेन्द्र बब्लुलगायत मुख्य भूमिकामा रहेका छन् । 

रमेश विजीको कथा तथा पटकथा रहेको फिल्मलाई नारायण रायमाझीले निर्देशन गरिरहेका छन् । विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्षको कथामा फिल्म बन्न लागेको निर्देशक रायमाझीले बताए ।

परदेशी–२ दीलिप रायमाझी