मनोरञ्जन

अमेरिकन आइडलमा दिवेश पोखरेलको उत्कृष्ट प्रस्तुती, जजले उभिएर गरे तारिफ (भिडियोसहित)

अमेरिकन आइडलमा दिवेश पोखरेलको उत्कृष्ट प्रस्तुती, जजले उभिएर गरे तारिफ (भिडियोसहित)

काठमाडौंः ‘अमेरिकन आइडल’को अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा उत्कृष्ट प्रस्तुती दिएका छन् । उनको प्रस्तुतीबाट तीनै जना निर्णायक निकै प्रभावित भएका छन् ।  

स्टेजमा आर्थर गनको नामबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई पुनः निरन्तरता दिन आग्रह गरे ।

सुरुमा केटी पेरीले उठेर ‘मोर..’ भनेर चिच्याइन् । त्यसपछि तीनैजना जज उठेर ‘मोर..’ भन्न थाले । दिवेशले निर्णायक मण्डलको चाहना अनुरुप फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।

आफ्नो प्रस्तुती अघि दिवेश अभिवादन स्वरुप ‘नमस्ते’ भने । दर्शकदीर्घामा रहेकी उनकी दिदी रुपाले नमस्ते भनेर चिच्याउँदा तीनैजना निर्णायकले खुसी भएर उनलाई हेरेका थिए । दिवेशको प्रस्तुतीका बेला दर्शक पनि निकै उत्साहित देखिन्थे । प्रस्तुती पछि दिवेशले त्यसलाई निकै राम्रो अनुभव बताए ।  

">

दिवेश पोखरेल अमेरिकन आइडल