कला साहित्य

जन्मदिन

जन्मदिन

शम्भु अर्याल, स्याङ्जा वालिङ ६-मिर्दि

केही आनीबानी, दिनचर्या आदत स्वभाव देख्नेबित्तिकै या सुन्ने बित्तिकै गरूँ गरूँ झै लाग्छ । तुरुन्तै त्यसको अभ्यास , प्रयास सिको गरुँ झै लाग्छ । केही जति नै महत्वपूर्ण नै किन नहोस  खासै वास्ता नहुदो रहेछ । यस्तो मानसपटलमा के ले प्रभाव पार्छ खै ? केही केही विषयवस्तु  यस्तो हुन्छ जसले तुरुन्तै आकर्षण र प्रभाव पार्छ । केही रङ्गहरू कति प्रिय लाग्छन् त केही फिका । कुनै दृस्य यस्तो लाग्छ जो हेरी रहुँ , अँगाली रहुँ या लुटपुटिइ रहुँ । सपाट जिन्दगिका नजरहरू । रिक्त पार्सलको लज्जास्पद , हास्यास्पद परिपुरकता । सरसङ्गत, पढाइ ,सिकाइ ,काम, लगाई , लवज पल पलका झिना मसिना काममा मन पर्नु र नपर्नुले अति नै प्रभाव पार्छ ।

आँफुलाई मन पर्ने कृयाकलाप अरुलाई मन पर्छ नै भन्नु के छ र ? मन पर्नु र नपर्नु पनि एक किसिमले सम्बन्धको पुल रहेछ । मन परे सङ्गत , सम्बन्ध, हिमचिम  करिब हुँदो रहेछ । मन नपरे दुर । त्यसैले जिन्दगिका धेरै तौर तरिकाहरुमा मन पर्नु र नपर्नुले गहिरो प्रभाव पार्दो रहेछ । मनपरे तपाई डाक्टर ,इन्जिनियर ,बैज्ञानिक ,अन्वेषक ,भाषाविद ,इतिहासकार,पत्रकार ,ब्याकरणविद ,कृषक आदि जे पनि बन्न सक्नुहुन्छ नपरे केही बन्न सक्नुहुने छैन । यतिसम्म कि मन नपरे अन्तरसम्बन्धका नामहरू समेतमा दुरि हुँदो रहेछ।  

यस्तै रह्ये जन्मदिनमा मेरो मत।  जन्मेको मिति मात्र जन्म दिन हो र ? लागिरहेको छ नयाँ काम, सृजना, नविकरण , केही पत्ता लगाउनु  पो त जन्म । त्यहीं नेर  मृत्यु हुन्छ आविष्कारकको । अजेय र अजम्मर त विचार हो । आविष्कार हो भूगोलमा ।  स-सानो हुँदा कहिल्यै जन्म दिन मनाइएन । हैप्पि बर्थ डे बाबा , ममु भनेको कतै सम्झना छैन । चाडबाडहरू निकै धुमधामसँग मनाइन्थ्यो ।

हरेक दैनिकी । हरेक कृयाकलाप,  दिनचर्या बानी हुँदोरहेछ । सानो  हुँदा बानी नपरेका कृयाकलापसँग वास्तै नहुने । आजकलका बच्चाबच्ची यसरी तम्तयार हुन्छन् । जन्मदिन आउन एक हप्ता बाँकी छ । बाबा केक ! बाबा स्कुलमा चक्लेट बाँड्नी ल, कहिलैयै बानि नपरेको बाउले खासै महत्वको बिषय नठान्ला । हरेक कृयाकलापहरू घुलमिल भएका , आदत परेका , सानै उमेरदेखि प्रत्यक्ष प्रभाव परेका तौरतरिका र दैनिकीहरू खास चासोका बिषयबस्तु बन्दो रहेछन् । आँफु बानी नपरेका काम कुराहरूमा जिम्मेवारी गौण र गैरजिम्मेवारी बढि हुँदो रहेछ बानी नपरेको विषय र कामहरूमा वास्ता नहुँदा कति ठेस पुग्दो हो, मनलाई ?

जिन्दगीमा यसरी कतिलाई ठेस पुर्याएँ होला ? आफन्त , साथिभाई ,घर , परिवार  र इस्टमित्रहरू माझ, अरूलाई मन परेको कुरा यो हृदयलाई मन परिदे न ए करकापले। किन बानी परिदिन्न यो कोमल हृदय अरूकै मनोभवनका खातिर । हाँस्दा हाँसिदे , दुख्दा दुखिदे , रुँदा रोइदे। अरूले दौडाउँदा सकेपनि नसकेपनि स्याहाँ ( स्याहाँ दम घुँटन हुँदासम्म दौडिदे । ए मन थाहा छ तिमीलाई यो रिसाउला, उ रिसाउला , त्यो रिसाउली , उनी रिसाउलिन्  ,  यसलाई खुशी पार्छु , उसलाई खुशि पार्छु ,उनलाई खुशी पार्छु  भनेर अरूलाई चित्त नदुखाउने अभिप्रायले  जिन्दगी आँफै खुशि हुन बिर्सिदिन्छ ।

अरूलाई  नरुवाउन आफु कति भक्कानिनु पर्छ। अरूलाईन दुखाउन आफु कति दुख्नु पर्छ । एकपटक भक्कानिएर  हेर, एकैपटक दुखेर हेर, आँसुको वजन कति हुन्छ ?  एक पटक रूनेलाइ मात्र थाहा हुन्छ, जिन्दगीको रणभुमिमा एकै पटक हारेर हेर्नु त । कत्रो जित छ हारमा, जबजब अरूको मन राख्नको लागि आफुलाई मन नपरेको विषयवस्तुमा यो हृदय पिंजडामा पर्छ। सोंचिरहन्छु मान्छे किन बुझ्दैन कतै दुखिरहेको खल्लो खिन्नता ?  आफ्नो खुशीको लागि कति सजिलै निमोठिन्छ अर्काको मन । यहीँनेर सम्झिरहन्छु हृदयको आत्महत्या, कठोर हृदयबाट पराजित बाघचाल, पग्लिइरहेको कोमल मनका अगाडि जमिरहेको हिउँको ठिही मन र कल्प वृक्षमा कालकूट ।

अरूलाई चर्को नबोल्न आफु मौन रहनुपर्छ, अरूलाई ठेस नलगाउन आफु ढुङ्गा टिप्नु पर्छ, अरूको गोरेटो तयार गर्न आँफै हातमा ठेला फुटाउनु पर्छ । अरूलाई सिकाउन आँफु कति जान्नुपर्छ । म कति सजिलै भनिदिन्छु । त्यस्तो होइन यस्तो हो , उसले जानेर गरेको कामलाई हँ सम्म भन्न नसक्ने अवरोध मात्र जानेको छ गर्न पाउँदैन । देखेको छ हेर्न पाउँदैन । सुनेको छ बोल्न पाउँदैन । कोप्चेरामा परेको पासो जिन्दगी । जिन्दगीको चालमा नायक शिकारी । जन्म दिनको असिमित शुभकामना ।

तँलाई आफु खुसि दौडन ,  हाँस्न , खुसि हुन त तँ आकाशमा जन्मिनु पर्ने र पखेटा हाल्नुपर्ने, अनि बाचुन्जेल  कावा खाँदै खुब स्च्छन्द उड्दोहोस । एकविहानै गौर गरि हेरिदे ,सुनिदे त ?  काग पनि डालिमा बसि कति हाँसिरहेको हुन्छ ,चील आकाशमा कति घुम्छ ? परेवा को उडान कति लामो हुन्छ ?

मान्छे भई  जन्मेर  जन्मदिन । हो त्यसै दिन अङ्कुश लागाईसकेको हुन्छ खुशियाली । जन्म कदाचित तेरो होइन मृत्युुको हो । खुशि आफ्नो भन्दा अरूको खोज्दा  खोज्दै खीई जान्छ नाथे जिन्दगी । सानैमा खुबै दुखाइस् आमालाइ  भोलिको खुशिको खातिर  खुब दुखिइन आमा  आज  फेरि ह्यप्पि बर्थ डे प्रिया !  भनिनस् पनि मन दुख्यो,  भन्दा पनि दुःख्यो । छोरो खेल्छ आमा नखेल, यो गर ! त्यो नगर , यो राम्रो त्यो नराम्रो । सत्य अफह हुन्छ अफाह सत्य । जन्मे देखि दुःखेको दुख्यै छ सन्चो, बिसन्चो।  आराम बिराम, अघाउनु भोकाउनु । तँलाइ के मन पर्छ रु तेरो के इच्छा छ रु आचरण,   बिचरण , आहार ,व्यवहार,सुख ,दुःख ।

कस्ले कसलाई सोध्छ ? भारी बोकेको खच्चरको गरूङ्गो खेदीरहेकोले बुझ्न सक्छ ? हल जोतिरहेको गोरुको काँधको चाप अनौ समाइरहेकोले देख्न सक्छ ? आमा मैले हजुरको मन राख्न सकिन । प्रिया ती अबोध जस जसको लागि बर्थ डे उइस गर्न सकिन । माफ गर्नु । बानी नपरेको दिनचर्या । मन, वचन  ,संकल्प  र गन्तव्य एक भइदिएको भए किन रङ्ग फरक भइदिन्थ्यो ? नीलो नीलै हुन्छ, रातो रातै हुन्छ । अँध्यारो रात्रीलाई उज्यालो बनाउन बिजुली चाहिन्छ र बल्ब बोलीदिनु पर्छ। परिपुरकता कति महत्त्वपूर्ण हुन्छ हँ ?

दुख्दा दुख्दै ,सबै खरानी हुन्छ एकदिन । सार्है जतनले लुकाएका ठाउँमा पनि किरा  पर्छ । मन्दिरको प्रसाद पनि सड्छ, गल्छ, त सबै समाप्त हुन्छ एक दिन । हाय ! हाय ! वा सबै नष्ट हुन्छ । पुलकित समय नि सुयिय सिठि काढ्छ सुसाइ रहन्छ । हा बेकारको जन्म !टेका नै गर्छु झै मैदानको फुटबल जस्तो बीस हात  माथि उफ्रिन्छ, हावा फुस्केपछि फुटेको बेलुन जस्तो फ्यात्त हुन्छ । हामी भन्दा जिन्दगी नै समर्पण गरेका युगपुरूषहरू समाजमा छन् ।

आफुलाई भन्दा अरू देख्ने साथिभाईमा आफु देखिन्छ  । आफु हेर्न ऐनाको आवश्यकता पर्दछ । त्यो समाज हो हामी यस्तो बनौं आफुलाई अरूले माया गरिदिउन् । बिरामी हुँदा पानी अरूले नै खुवाइदिन्छन् । डाक्टर अपरेसन गर्छ ,नर्स सिटामोल दिन्छे । घर परिवार रुन्छन्। साथि भाइ स्वास्थ लाभको कामना गर्छन् । सबै एक्लै यो संसार संभव छैन । माटोमा बीस हुन्छ । अमृत हुन्छ । जरा टाँसिएको अम्बा टर्रो हुन्छ अमीलो चुक हुन्छ उस्तै बोक्रा र पात भएको फरक रूखमा  एउटामा आरू फलिदिन्छ त अर्कोमा आलुचा । माटो  माटो हो , परिपुरकता जल हो ,मल हो,  ढल मल बन्न सक्छ त्यो  दुर्गन्ध पनि ।

सदैब मालिक बनेको देख्न पाउँ। देशमै हजुरको सान, मान उँचो बनोस् !ति पाइला सदैव पवित्र बनोस त्यो चापले भुइचालो जावस् । बिद्वताले ज्वालामुखि फुटोस, शुस्वास्थ ,आर्थिक समृध्दि , कान्तिमय मुस्कान र विद्वत जन्मदिनको असिमित शुभकामना !

 

जन्मदिन