स्वास्थ्य

आरामदायी निन्द्राका लागि राती सुत्नु अघि गर्नुहोस यी काम

आरामदायी निन्द्राका लागि राती सुत्नु अघि गर्नुहोस यी काम

स्वस्थ रहनका लागि मानिसहरु बिहान बेलुका भरपुर ब्यायाम गर्ने गर्छन। उसो त केहि मानिसहरु अत्याधिक खाना खाने गर्छन जसले उनीहरुको स्वास्थ्य स्वस्थ रहन सकोस। यसका अलावा रातमा अपनाइने केहि उपायले पनि हामीलाई पुरा जीवन स्वस्थ रहन मदत गर्दछ। स्वस्थ जीवनयापनका लागि स्वस्थ खाना मात्र पर्याप्त हुँदैन। यदि रातमा आरामदायी निन्द्रा र तौल घटाउनका लागि आफ्नो जीवनशैलीमा पनि सुधार गर्नु जरुरी छ। 

रातमा सुत्नुभन्दा पहिले यी कुरामा ध्यान दिनुहोस 

-सुत्नुभन्दा पहिले ब्रस गर्न नभुल्नुहोस । यसले दाँतलाई स्वस्थ राख्न मदत गर्छ।  

-राती अबेरसम्म स्न्याक्स या बिस्कुट खानुहुँदैन। युनिभर्सिटी अफ मेक्सिकोको एक सोध अनुसार रात अबेरसम्म खाना खानेमा हृदयघात या मुटुसम्बन्धी समस्या देखिने सम्भावना रहन्छ।  

-बेडमा जानु अघि राम्रोसँग मुख धुनु पनि आवश्यक छ। यसले अनुहारका मेकअप या फोहोरहरुलाई सफा गर्छ र सम्भावित किटाणुबाट बचाउछ । 

-सुत्नु अघि चिया कफी भुलेर पनि पिउनु हुँदैन। एक सोधअनुसार कफीले हाम्रो शरीरको आन्तरिक कुराहरुलाई प्रभावित गर्दछ जसले समयमा निन्द्रा नपर्ने र बिहान ढिलासम्म निन्द्रा नखुल्ने सम्भावना रहन्छ।   

-हरेक दिन एकै समयमा सुत्न जानु पर्छ। राती सुतेको समयमा हाम्रो शरीर रिपयरहुन्छ जब हामी समयमा बेडमा जाँदैनौं हाम्रो शरीरलाई एडजस्ट हुन मुश्किल हुन्छ।