मुख्य समाचार

भिडियो संवादमा देखियो मोदीको ओली प्रेम

भिडियो संवादमा देखियो मोदीको ओली प्रेम

सार्क राष्ट्रका प्रमुखहरुको भिडियो संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोलीले नेपालका प्रधानमन्त्री केपी ओलीप्रतिको प्रेम र सद्भाव अरु भन्दा भिन्न रहेको प्रकट गरेका छन् । 

भिडियो संवादको सुरुवात गर्दै  प्रधानमन्त्री मोदीले भर्खरै मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सुरुमै स्वागत गरे । 

मोदीले भने, ‘भर्खरै अप्रेशन गरेर आउनु भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीजी यो भिडियो संवादमा सहभागी हुन आउनु भएकोमा धेरै धेरै धन्यवाद !’ 

सम्बोधनको सुरुमै मोदीले भने, ‘हामी सबैकोतर्फबाट उहाँको स्वास्थ्य चाँडो भन्दा चाँडो पूर्ण ठीक होस् भन्ने कामना गर्दछु ।’ 

उनले त्यसपछि अफगानिस्तानका नवनियुक्त राष्ट्रपति असरफ घानीलाई स्वागत गरे । मोदीले सम्बोधनका क्रममा सार्क राष्ट्रहरुबीच उस्तै उस्तै चुनौती रहेको बताए । 

जनता–जनताबीचको सम्बन्ध रहेका सार्क राष्ट्रले साझा समस्यासँग सामूहिक रुपमा जुध्नुपर्नेमा जोड दिए । ’हामीले हाम्रो समस्यालाई ’अन्डर इस्टिमेट’ गर्नु हुँदैन । हामीले ‘स्टेप बाइ स्टेप’ पहल गरेर कोरोनाविरुद्ध लड्नुपर्छ । ’

उनले भने, ‘हाम्रा सयौँ नागरिक कोरोनाबाट प्रभावित भएका छन् ।  यसविरुद्ध हामीले साझा र सामूहिक रुपमा लड्न तयार हुनुपर्छ । ’