मनोरञ्जन

अभिनेत्री तनु श्रीविरुद्ध २५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा

अभिनेत्री तनु श्रीविरुद्ध २५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा

बलिउड अभिनेत्री तनु श्री दत्तविरुद्ध अभिनेता नाना पाटेकरको संस्था ‘नाम फाउन्डेसन’ले २५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ ।

यसका साथै बम्बई उच्च अदालतले नाना पाटेकरको नाम र फाउन्डेसनमाथि कुनै पनि प्रकारको आरोप लगाउन नपाउने आदेश दिएको छ। 

यसअघि बलिउडमा ‘मीटू’ अभियान चलाएकी तनु श्रीले नाना पाटेकरको संस्थामाथि पनि विभिन्न आरोप थोपरेकी थिइन् ।

तनु श्रीले सन् २०१८ को अक्टोबरमा ‘हर्न ओके प्लिज’को फिल्म सुटिङका दौरान नानामाथि गलत आशयले छोएको र यौनहिंसा गर्ने कोसिस गरेको आरोप लगाएकी थिइन्।  

नाना पाटेकर तनु श्री मीटू