मनोरञ्जन

हुबहु पिता सैफ अली झैँ देखिन्छन तैमुर अली

हुबहु पिता सैफ अली झैँ देखिन्छन तैमुर अली

एजेन्सी । बलिउडका सबैभन्दा चर्चित स्टारकिड हुन् तैमुर अलि खान । तैमुर सामाजिक सञ्जालमा पनि कुनै न कुनै कारणले चर्चामा आइरहन्छन । उसो त उनका हरेक तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन्छन कारण हो, उनको क्युटनेस । होली पछि यतिखेर उनको अर्को एक तस्बिर चर्चामा छ । जुन तस्बिरमा उनलाई हुबहु आफ्ना पिता तथा अभिनेता सैफ अलि खान झैँ देखिएको छ ।  

शेयर गरेको केहि क्षणमा नै तस्बिरले खुब चर्चा पायो । भाइरल भईरहेको यस तस्बिरमा मानिसहरुले कमेन्ट गरिरहेका छन ।  वास्तवमा करिना कपूरको फ्यानपेजमा एक तस्बिर शेयर गरिएको छ जहाँ एकापट्टी सैफको तस्बिर राखिएको छ भने अर्कोपट्टी तैमुरको फोटो राखिएको छ ।  यी दुई फोटोलाई यदि झट्ट हेर्ने हो भने तैमुर र सैफलाई छुट्याउन गाह्रो हुन्छ । तस्बिरको साथमा क्याप्सनमा लेखिएको छ 'तैमुर की सैफ'?

तस्बिरमा दुबैको हेयरस्टाइल र मुस्कान एकै देखिएको छ ।  कतिपयले तैमुर सैफको कार्बन कपि हो भन्दै कमेन्ट गरिरहेका छन । बलिउडका सबैभन्दा क्युटेस्ट स्टारकिड तैमुर यसै तस्बिरका कारण पुन: एकपटक चर्चामा आएका छन।  

तैमुरका अलावा पछिल्लो समय सैफका ठुलो छोरा इब्राहिमको तस्बिर पनि सोसल साइटमा भाइरल भएको थियो। जहाँ इब्राहिम र सैफको जवानीको तस्बिरमा समानता देखाईएको थियो । 

 

#तैमुर अलि खान #सैफ अलि खान