खेल

मैदानमै फुटबल खेलाडीबीच हानाहान, रेफ्रीले गरे रातो कार्डको बर्षा!

मैदानमै फुटबल खेलाडीबीच हानाहान, रेफ्रीले गरे रातो कार्डको बर्षा!

दक्षिण अमेरिकाको ठूलो क्लब फुटबल प्रतियोगिता कोपा लिबेर्टाडोरेजको एउटै खेलमा ८ खेलाडीले रातो कार्ड पाएका छन् ।

समूह चरण अन्तर्गत शुक्रबार भएकोे ग्रेमिओ क्लब र इन्टर नासिओनलबीचको खेलमा रेफ्रीले दुवै टोलीका चार–चारजना खेलाडीलाई रातो कार्ड देखाएका हुन् । 

खेल गोलरहित बराबरीमा सकिन लाग्दा अतिरिक्त समयमा दुवै तर्फका खेलाडी झगडामा उत्रिएका थिए । मैदानमा खेलाडीबीच एकले अर्कोलाई किक हान्न थालेपछि रेफ्रीले एकै खेलामा यती धेरै रातो कार्ड दिएका हुन् ।

खेलाडीबीचको झडपले केही समय मैदान रणमूमिमा परिणत भएको थियो । बराबरीसँगै समूह ‘ई’ मा रहेका यी दुवै टोलीले एक एक अंक बाँडेका छन् । समूहमा दुवैको समान चार अंक छ । कोपा लिबेर्टाडोरेजमा सर्वाधिक रातो कार्ड भएको भने यो दास्रो पटक हो । यसअघि सन् १९७१ मा बोका जुनियर र स्पोर्टिङ क्रिस्टलबीचको खेलका १९ खेलाडीले रातो कार्ड पाएका थिए । –एजेन्सी 

कोपा लिबेर्टाडोरेज ग्रेमिओ क्लबविरुद्ध इन्टर नासिओनल