समाचार भिडियो

सरकार परिवर्तनको खेल अस्थिरता ल्याउने षडयन्त्र (भिडियोसहित) 

सरकार परिवर्तनको खेल अस्थिरता ल्याउने षडयन्त्र (भिडियोसहित) 

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पतालमा आराम गरिरहेकाबेला केही महत्वपूर्ण राजनीतिक घटना भए : 

क ) राष्ट्रपति विद्या भण्डारी र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भेट
ख ) राष्ट्रपति विद्या भण्डारी र नेकपा वरिष्ठ नेता माधव नेपालबीच भेट
ग ) खुमलटारमा प्रचण्ड, बामदेव गौतम र माधव नेपालबीच भेट
घ ) प्रतिनिधिसभामा कालापानीबाट भारतीय सेना हटाउने प्रस्ताव अन्तिम समयमा स्थगित

यी बाहेक पर्दा पछाडीका कथा र संवाद पनि अनेक छन् । प्रधानमन्त्री शिक्षण अस्पतालमै रहेकाबेला पनि उनको समूह थप राजनीतिक योजनामा सक्रिय थियो । 

सारांशमा सत्तारुढ नेकपा भित्रै एकले अर्कोलाई सिध्याउने खेल अहिले पनि चलिरहेको छ । अझ प्रधानमन्त्री बालुवाटार सरेकै दिनबाट यो खेलले अझ तीव्रता पाएको छ । कानुन व्यवसायी एवम राप्रपाका नेता डम्मर शिवाकोटीका अनुसार नेकपा भित्र अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतमको समूहले अहिलेको सरकार ढालेर नयाँ राष्ट्रपति र प्रधानमन्त्रीको खाका पनि तयार गरिसकेका छन् । उनीहरु छिटो भन्दा छिटो यो सरकार ढाल्ने तयारीमा छन् । 

यता, प्रधानमन्त्री ओलीको समूह यी सबै खेलबाट अनभिज्ञ छैन । प्रधानमन्त्री आफूविरुद्ध षडयन्त्र गर्नेहरुलाई तह लगाएरै छोड्ने मनस्थितिमा छन् । अर्थमन्त्रीमा डा. युवराज खतिवाडको निरन्तरता त्यसैको एउटा उदाहरण हो । 

शिवाकोटीका अनुसार प्रधानमन्त्रीलाई हटाउनु निकास होइन । यसले थप अस्थिरता ल्याउँछ । अहिले नेकपाको दुवै समूहभित्र विदेशीको चरम चलखेल छ । मुख्यतः भारत, चीन र अमेरिकाको चेपुवामा नेकपा परेको छ । विदेशी  शक्तिले ओली र प्रचण्ड समूहलाई आ–आफनो स्वार्थ अनुसार खेलाइरहेको छ । यसले नेकपा फुट्ने खतरा पनि उत्पन्न भएको छ । 

परिवर्तन नै गर्ने हो भने प्रणाली फेर्नुपर्छ, व्यवस्था फेर्नुपर्छ । संवैधानिक राजसंस्था (संसद् मातहत ),  हिन्दु राष्ट्र र स्थानीय स्वायत्त शासन नै देशका लागि हीतकर छ । केन्द्र र स्थानीय सरकार भए पुग्छ । प्रदेश सरकारको खारेजी तत्काल गर्नु अनिवार्य छ । 

जहाँसम्म अहिलेको सरकारको सक्षमताको कुरा छ, त्यसका लागि तत्काल प्रधानमन्त्रीले अर्थमन्त्री डा. युवराज खतिवडा र भूमी सुधार मन्त्री पद्यमा अर्याललाई हटाउन जरुरी छ । अर्थमन्त्रीका कारण मुलुकको आर्थिक व्यवस्था डामाडोल भएको देखिदादेखिदै पनि पुनः अर्थमन्त्रीमै निरन्तता दिनु दुर्भाग्य हो । 

भूमी सुधार मन्त्रीले त भू सेवा केन्द्रको स्टेशन नै भारतको गोवामा राखेर अपराध गरेकी छन् । विश्व बैंकबाट ऋण लिएर केन्द्र भारतमा राख्नु कतिको उचित कुरा हो ? 

प्रधानमन्त्रीले आफनो पार्टीबाट अन्य देशभक्त नेताहरुलाई मन्त्री बनाउनुपर्छ । जनविरोधी र विवादित मन्त्रीलाई हटाउन ढिलो गर्नु हुँदैन ।