खेल

कोरोनाको आशंकामा रोनाल्डो क्वारेन्टाइनमा

कोरोनाको आशंकामा रोनाल्डो क्वारेन्टाइनमा

एजेन्सी । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोनाको संक्रमण भएको आशंका गरिएको छ । यसै आशंकामा हाल उनि क्वारेन्टाइनमा बसेका छन् । 

युभेन्टसका खेलाडी डानिएली रुगानीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल रोनाल्डो आफ्नी आमा भेट्न पोर्चुगल पुगेका छन ।  रोनाल्डो पोर्चुगलमा छन्। उनी आमालाई भेट्न त्यतै गएका हुन्।

रोनाल्डो इटालीमा फर्कनुअघि क्वारेन्टाइनमा बस्नुपर्ने भएको हो। आइतबारको खेलमा युभेन्टसले इन्टरमिलानलाई हराएपछि सबै खेलाडी समूहगत तस्वीर खिचाएका थिए, जसमा डेनिली पनि थिए। उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछिसँगै तस्वीर खिचाएका खेलाडीलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।

क्रिस्टियानो रोनाल्डो