स्वास्थ्य

मिर्गौला स्वस्थ कसरी राख्ने ? यस्ता छन उपाय

मिर्गौला स्वस्थ कसरी राख्ने ? यस्ता छन उपाय

हरेक बर्षको मार्च १२ का दिन बिश्व मिर्गौला दिवस मनाउने गरिन्छ। मिर्गौला दिवसको मुख्य उदेश भनेको मिर्गौलालाई स्वस्थ राख्नका लागि सबैलाई जागरुक बनाउनु हो। अनियमित खानपान, व्यस्त जीवनशैली आदिले गर्दा मिर्गौला पिडितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । 

स्वस्थ मिर्गौलाले शरीरको हानिकारक पदार्थलाई युरिनको माध्याममार्फत बाहिर निकाल्ने काम गर्छ। अन्य शारीरिक अंगजस्तै हामीले हाम्रो किड्नीको पनि बिशेष ख्याल राख्नु पर्छ । बिश्व मिर्गौला दिवसको अवसरमा आउनुहोस जानिराखौं कसरी मिर्गौलालाई स्वस्थ राख्ने ?

यसरी राख्न सकिन्छ मिर्गौलालाई स्वस्थ 

-सन्तुलित आहारको सेवन गर्ने 

-शारीरिक तौल नियन्त्रणमा राख्ने, आफ्नो उमेर अनुसार शरीरको तौल कति राख्ने भन्ने बारे तपाईले चित्सकसंग सल्लाह पनि लिन सक्नु हुन्छ। 

-खानामा नुनको मात्रा कम गर्ने 

-नियमित १५-२० मिनेट हिँडडुल गर्ने 

-धुमपान तथा मध्यपानको सेवनबाट टाढा रहने 

यी चीजको सेवन गर्ने

मिर्गौलालाई स्वस्थ राख्नका लागि यी खानपानमा पनि ध्यान दिनु पर्छ 

अदुवा 

अदुवा स्वास्थ्यका लागि निकै नै फाइदाजनक छ। अदुवामा पाइने जिन्जेरल्स एक सक्रिय यौगिक र एन्टी ब्याक्टेरियल एजेन्ट हो, यसले मिर्गौलासम्बन्धी समस्यालाई समाधान गर्न मदत गर्छ।  

ज्वानो 

अक्सर शरीरलाई तापक्रममा राख्नका लागि ज्वानो खाने सल्लाह दिइन्छ। यसले शरीरलाई जति तापक्रममा राख्न मदत गर्छ त्यति नै मात्रामा मिर्गौलासम्बन्धि समस्यासंग लड्ने सामर्थ्य राख्छ । 

बेसार 

बेसारलाइ घरेलु औषधिको रुपमा लिइन्छ। बेसारमा करक्युमिन नामक तत्व पाइन्छ जसले शरीरमा माइक्रोबको विस्तारलाई रोक्न मदत गर्छ।

पानी 

दैनिक ७/८ गिलास पानी पिउने। पिसाबको मध्यमबाट शरीरका विषाक्त पदार्थलाई बाहिर निकाल्न जतिसक्दो धेरै पानी पिउनु आवश्यक हुन्छ। त्यसकारण पर्याप्त पानी पिउने 

 

 

पानीः रोजाना 7 से 8 गिलास पानी जरूर पिएं. पेशाब के साथ शरीर के विषैले पदार्थों को शरीर से बाहर निकलाने के लिए शरीर को पानी की आवश्यकता होती है, इसलिए रो.ाना पर्याप्त मात्रा में पानी पिएं.

World kidney Day
ADVERTISEMENT