अर्थ

बैदेशिक रोजगारीमा कोरोना प्रभाव: कामदारको माग ७५ % ले घट्यो

बैदेशिक रोजगारीमा कोरोना प्रभाव: कामदारको माग ७५ % ले घट्यो

काठमाडौँ । नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम शक्ति बजारमा आउने गर्छन् । रोजगारीको खोजीमा करिब ४० लाख युवाशक्ति विदेश पलायन हुने गरेको तथ्याङ्क एकातर्फ छ ।

विश्वमा फैलिएको कारोना भाइरसका कारण नेपाली कामदारहरुको रोजगारीका गन्तव्य मुलुकहरु संकटमा पर्न थालेका छन् । खाडी मुलुक कतारलगायतले नेपाललगायत अन्य देशबाट आउने कामदार आउनमा रोक लगाएका छन् ।

यसैगरी, साउदी अरव, मलेशिया, बहराईन, कुवेत, दुबई लगायतका मुलुकले पनि आ–आफना देशमा आउने कामदार रोक्ने तयारी गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेल नेपालमा आउने कामदारको मागपत्रमा ७५ प्रतिशत कम भएको बताउछन । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।  
 

 

बैदेशिक रोजगारी
ADVERTISEMENT