समाचार स्वास्थ्य

ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज

ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज

 प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

उनी स्वास्थ्य लाभ गरी बुधबार दिउँसो डिस्चार्ज भएकी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका हुन् ।

त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् । भेटमा प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौला दान गरेकोमा धन्यवाद दिए  ।

गत बुधबार समीक्षाको एउटा मिर्गौला निकालेर प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको छ । चिकित्सकहरुकाअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पनि सुधार भइरहेको छ ।