भिडियो Breaking News समाज कभर स्टोरी

आरक्षण होइन शैक्षिक र आर्थिकस्तर बढाउनुपर्छ ( भिडियोसहित)

आरक्षण होइन शैक्षिक र आर्थिकस्तर बढाउनुपर्छ ( भिडियोसहित)

कोरोना भाइरस संक्रमणको त्रासले नेपालमा धुमधामसंग अन्तर्राष्ट्रिय नारी दिवस नमनाइए पनि नारी अधिकारका विषयमा भाषण भने प्रशस्तै भए । सरकारी र गैर सरकारी संस्थामा आबद्ध भएकाहरुले जहिले पनि नारी हक अधिकारको बाधक पुरुष हो भनेर सिकाए । त्यसैको सिको गर्दै केही पुरुष र महिलाहरुले पनि डलरको प्रभावमा परी पुरुषलाई महिलाको शत्रुको रुपमा चित्रित गर्न थाले । त्योक्रम आज पनि चलेको छ । 

तर, वास्तवमा के साँच्चै महिलाको शत्रु पुरुष नै हो त ? 

नेपाली माटोको सुगन्ध बुझेका र विदेशी प्रभावमा नपरेका महिलाहरुको भनाइ र बुझाइ निकै फरक छ । उनीहरु मध्ये धेरैले ‘नर नारी एक रथका दुई पाङ्ग्रा’ हुन् भन्ने कुरालाई राम्ररी बुझेका छन् । 

केही पुरुषले गलत गरे भन्दैमा सबै पुरुष गलत हुँदैनन् । पछिल्लो समय महिलालाई दुःख दिनेमा पुरुष भन्दा महिला नै बढी भएको पाइन्छ । अझ पुरुष र महिलाको सहकार्यमा थुप्रै काम सफलतापूर्वक पूरा भएका छन् । कुनै कार्यालय राम्रोसंग चल्नुमा त्यहाँ महिला र पुरुषको सहकार्य प्रमुख रहेको पाइएको छ । 

सामाजिक अभियन्ता एवम राप्रपा महिला संगठनकी अध्यक्ष मीना सुवेदी भण्डारीका अनुसार अचेल थुप्रै महिलाहरु प्राप्त हक अधिकार र सुविधाको दुरुपयोग गरिरहेका छन् । उनी भन्छिन्, ‘ विदेशमा श्रीमान छ, यहाँ अर्कैसंग सम्बन्ध राखेर सम्पत्ति पनि लैजाने, आफू पनि भाग्ने । अझ कतिपय कार्यालयमा आफनो प्रमोसन र अवसरका लागि हाकीमसंग नजिकिएर फाइदा लिन खोज्ने । पछि कुरा मिलेन भने दुव्र्यवहार भयो भनेर आफै कराउने । यी विकृती मौलाएका छन् । ’

नारीलाई अघि बढाउने हो भने शैक्षिक र आर्थिक अवस्था सुधारमा ध्यान दिनुपर्छ । जसरी हो उनलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउनुपर्छ । आरक्षणको कुरा पनि एक हदसम्म ठीकै हो, तर महिलालाई प्रतिष्पर्धी पनि बनाउँदै लैजानुपर्छ । 

जहाँसम्म यौन दुव्र्यवहार र बलात्कार जस्ता कुरा छन्, यी कुरामा पनि महिला बढी आफै सजग र सतर्क हुनुपर्छ । भड्किलो पोशाक लगाएर हिंड्ने, सामाजिक संजालमा अनावश्यकरुपमा बढी नजिकिने, कसैले प्रलोभन देखायो कि जहाँ पनि भेट्न जाने जस्ता गतिविधि गर्दा केही पुरुषले नाजायज कदम चल्न सक्छन् । यसतर्फ त महिला आफै सजग हुनुपर्छ । 

अधिकार धेरै खोज्दा विकृति जन्मिन थालेको छ । बरु समाजमा अझैपनि जकेडिएर रहेको छाउपडी बार्ने, बोक्सी लगायतका समस्या निर्मुल पार्न जरुरी छ । त्यसका लागि ती ठाउँमा चेतना र शिक्षा संगसंगै उनीहरुको आर्थिक अवस्था उठाउने कार्यक्रम लैजानु पर्छ । 
पश्चिमाहरुको नक्कल गरेर त्यही अनुसारको अधिकार खोज्ने हो भने यहाँ अश्लिलता मात्र भित्रिनेछ । 

ADVERTISEMENT