मनोरञ्जन

मे २२ मा बिवाह बन्धनमा बाँधिदै बरुण धवन

मे २२ मा बिवाह बन्धनमा बाँधिदै बरुण धवन

एजेन्सी। बलिउड अभिनेता बरुण धवन बिवाह बन्धनमा बाँधिने भएका छन। लामो समयदेखि नताशा दलालसंगको प्रेम सम्बन्धमा रहेका वरुणले २२ मे मा बिवाह गक्रना लागेका हुन्। 

नताशा बरुणकी बचपन देखिकी साथी हुन्। यी दुईको बिवाह २०२० को २२ मे मा थाईल्याण्डको 'ज मरिओट खो लक रिसोर्ट एण्ड स्पा' मा हुनेछ। लामो समयदेखिको प्रेम सम्बन्धलाई अन्तत यी दुईले बिवाह परिणत गर्न लागेका हुन्। 

रिपोर्टका अनुसार यतिबेला थाईल्याण्डमा कोरोना भाइरसको संक्रमण फैलिरहेकाले  यी दुईको विवाहको भेन्यु परिवर्तन हुन सक्ने पनि बताईएको छ।  

 

 

#बरुण धवन #नताशा दलाल
ADVERTISEMENT