अर्थ

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ सय रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर ७५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेको छ । बिहीबार ७४ हजार ९ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज ७५ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी चाँदीको भाउ पनि आज उकालो लागेको छ । बिहीबार ८ सय ७५ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर तोलाको ८ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

#नेपाल सुनचाँदी व्यवसायी महासंघ