विचित्र विश्व

श्रीमती प्रेमीसँग भागेपछि श्रीमानले पुत्ला बनाई गरे श्रीमतीको अन्तिम संस्कार

श्रीमती प्रेमीसँग भागेपछि श्रीमानले पुत्ला बनाई गरे श्रीमतीको अन्तिम संस्कार

एजेन्सी। भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्र निवासी राजिव कुमारले श्रीमती प्रेमीसँग भागेको भन्दै श्रीमतीको पुत्ला बनाएर अन्तिम संस्कार गरेका छन् ।

उनले हिन्दु रितिरिवाज अनुसार श्रीमतीको पुत्ला बनाई  विधिवत रुपमा अन्तिम संस्कार गरेका हुन्। उनको पुत्लामाथि छोराले दागबत्ती दिएका थिए। २ सन्तानकी आमा भईसकेकी उनकी श्रीमती गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भागेकी थिइन्। 

मेरा लागि अब मेरी श्रीमती मरिसकिन  ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । त्यसैले मैले उनको अन्तिम संस्कार गरेको हूँ' राजीव बताउछन। 

३२ बर्षिया उनकी श्रीमती हाल प्रेमिका साथमा राँचीमा बसिरहेकी छिन।  

 

 

श्रीमती पुत्ला अन्तिम संस्कार