स्वास्थ्य

ख्याल गर्नुहोस्, कतै यी कारणले तपाईको तौल घटिरहेको त छैन ?

ख्याल गर्नुहोस्, कतै यी कारणले तपाईको तौल घटिरहेको त छैन ?

हाइपोथाइराइडको संकेत

कुनै बेला हाइपोथाइराइडको समस्या भएका बिरामीहरुको पनि असामान्य रुपमा तौल घट्छ। टाउको दुखाई, पटक पटक भोक लाग्नु, एकाग्र हुन नसक्नु, साथै असामान्य रुपमा तौल घट्नु हाइपोथाइराइडको लक्षण हो। तर कुनै बेला भने यस समस्या भएका मानिसको शरीरको वजन असामान्य रुपमा बढ्न समेत सक्छ।  

तनाव हुनु 

तनावका कारण पनि कुनै बेला भोक कम लाग्छ। कम खानाले शरीरलाई पर्याप्त उर्जा मिल्दैन।  त्यस्तै शरीरमा जम्मा भएको फ्याट ग्लुकोजमा बदलिन्छ, जसलाई शरीरले शक्तिको रुपमा प्रयोग गर्छ। यसै कारण वजन कम हुन जान्छ।  

क्यान्सर

क्यान्सरको समस्या भएकाहरुमा पनि असामान्य रुपमा वजन कम हुन्छ।  

मानसिक रुपमा अस्वस्थ 

शरीरको तौल कम हुनुको अर्को कारण मानसिक रुपमा कमजोर हुनु पनि हो। यदि कोहि मानिस मानसिक रुपमा कमजोर छ या उपचार भईरहेको छ भने यस्ता मानिसको वजन कि त असामान्य रुपमा घट्न थाल्छ या त बढ्न थाल्छ। 

दबाब 

कुनै बेला मानसिक दबाब र प्रेसरका कारण पनि तौल घटना सक्छ। जब हामी तनावमा हुन्छौं तब हामीलाई खासै खाना खाने मन हुँदैन जसले शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वको कमीलाई पुरा गर्न सक्दैन। यसका अलवा लिभर या मुटुको समस्याका कारण पनि शरीरको वजन कम हुन सक्छ। 

पेटसम्बन्धी समस्या 

पेटसम्बन्धि समस्या भएकाहरुमा पनि असामान्य रुपमा तौल कम हुन समस्या देखा पर्छ।  

 

तौल घट्नु