मनोरञ्जन

'चलचित्रमा किसिङ सिन दिन मज्जा आउँदैन': दिशा पटानी

'चलचित्रमा किसिङ सिन दिन मज्जा आउँदैन': दिशा पटानी

एजेन्सी। दिशा पाटनी र आदित्य रोय कपूर अभिनित चलचित्र मलंगको यतिबेला सर्वत्र चर्चा भैरहेको छ। रोमान्टिक मानिएको उक्त चलचित्रको एक दृश्य निकै नै भाइरल भैरहेको छ। 

अभिनेता आदित्य रोय कपूरसँग दिशा पाटनीले दिएको ‘योगा किसङ’को पोष्टरले सर्वत्र चर्चा बटुलिरहेको छ । चलचित्रमा निकै बोल्ड र किसिङ सिन दिएकी दिशाले  किस सिन दिँदा सहज नभएको बताएकी छन् । एक अन्तर्वार्तामा उनले भनेकी छन्– ‘मान्छेहरु किसिङ सिन गर्दा मज्जा आउँछ भन्ने सोच्छन् तर, त्यस्तो हुँदैन ।’

किस सिनलाई लिएर भैसकेको चर्चाप्रति आफूले चासो दिन छाडेको उनले बताएकी छन् । छोटो समयमा बलिउडमा स्थापित भएकी उनले परिवारबाट पनि कुनै आपत्ति प्रकट नभएको प्रतिक्रिया दिएकी छिन। उता आदित्यले भने प्रतिक्रियामा भनेका छन  ‘शारीरिक रुपमा यस्तो पोज दिनलाई मलाई भन्दा दिशालाई समस्या भएको थियो’, उनले भने–‘दिशा भारी थिइनन्, तैपनि मैले उनलाई उठाउने साहस गरें।

फेब्रुअरी ७ बाट रिलिज हुने चलचित्रमा दिशासँगै अभिनेता आदित्य रोय कपूर, अनिल कपूर र कुणाल खेमुको प्रमुख भूमिका छ । चलचित्रलाई मोहित सुरीले निर्देशन गरेका हुन्।  

 

 

ADVERTISEMENT