मनोरञ्जन

बिहे गरेको १२ दिनमै डिभोर्स

बिहे गरेको १२ दिनमै डिभोर्स

एजेन्सी। हलिउडकी चर्चित स्टार पामेला एन्डरसनले बिहे गरेको १२ दिनमै डिभोर्स गरेकी छिन्। गत जनवरी १९ तारिखमा धुमधाम विवाह गरेका पामेला र निर्माता जोन पिटर्स १२ दिनपछि छुट्टिने निर्णय गरेका हुन्।

तर विवाहको १२ दिनपछि पामेला र जोन अलग्गिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार पूर्व ‘बेवाच’ स्टार अर्थात् पामेला ब्रेक लिन चाहन्थिन् त्यसकारण उनले जोन पिटर्ससँग १२ दिनअघि भएको विवाह तोडेकी हुन् । जोन र उनका यूनियनका मानिसहरुबाट उनीहरुले जुन प्रेम पाइन्, त्यसमा आफू निकै खुसी भएको पामेलाले बताइन्।

स्मरण रहोस् जोन पिटर्सअघि पामेला एन्डरसनले चार वटा विवाह गरिसकेकी छिन् । ५२ वर्षीया पामेलाले पहिलो विवाह अमेरिकी संगीतकर्मी टोमी लीसँग गरेकी थिइन् । विवाहको तीन वर्ष पछि नै यी दुई अलग्गिए।

त्यसपछि पामेलाले किड रकसँग विवाह गरिन्। रकसँग विवाह टुटेपछि उनले फिल्म निर्माता रिक सोलोमनसँग विवाह गरिन्। पछि उनको सोलोमनसँग पनि सम्बन्धविच्छेद भयो । कुनै जमानाका हेयरड्रेसर जोनसँग उक्त विवाह निजी समारोहबीच आयोजना गरिएको थियो। रोचक कुरा के छ भने पामेलाको यो पाँचौं विवाह थियो। नेपाल समाचारपत्रमा प्रकाशित 

पामेला एन्डरसन हलिउड स्टार
ADVERTISEMENT