स्वास्थ्य

ताली बजाउ, स्वस्थ रहौं

ताली बजाउ, स्वस्थ रहौं

हिन्दु धर्ममा पूजा आरतीको समयमा ताली बजाउनुको बिशेष धार्मिक महत्व छ । यसका साथै ताली बजाउनुको बैज्ञानिक कारण पनि जोडिएको छ। विज्ञानका अनुसार हाम्रो शरीरको २९ एक्यूप्रेशर पोइन्ट्स हाम्रो हातमा हुन्छ । प्रेसर पोइन्ट दबाउनाले सम्बन्धित अंगसम्म रगत र अक्सिजनको संचार राम्रोसँग हुन्छ । एक्यूप्रेशरका अनुसार यी सबै दबाब बिन्दुको सहि तरिकाले दबाउनुको सबैभन्दा सहि तरिका ताली बजाउनु हो । 

यस्ता छन ताली बजाउनुका फाइदाहरु 

-मुटु, दम, फोक्सो र ग्यास्ट्रिकको समस्या, टाउको दुख्ने तथा बेचैन हुनेजस्ता समस्याबाट राहत महसुस गर्न ताली बजाउन आवश्यक छ ।

-ताली बजाउँदा हातका सबै बिन्दुमा दबाब पर्ने भएकाले ऊर्जा प्रवाह हुनुका साथै शरीरमा ताजापन महसुस हुन्छ ।

-उभिएर खुला हावामा ताली बजाउँदा शरीरका अंगहरू सक्रिय हुन्छन् । रक्तचाप कम भएका व्यक्तिले दिनहुँ ताली बजाउँदा रक्तसञ्चारमा सुधार आउँछ ।

-ताली बजाएमा बच्चाको दिमागमा सकारात्मक असर पर्छ । दैनिक करिब आधा घन्टा नियमित ताली बजाउँदा मधुमेह, उच्च रक्तचाप, रुघाखोकी, कपाल झर्ने समस्याबाट बच्न सकिन्छ ।

-बुढाबुढीमा हाडजोर्नी दुख्ने समस्याका लागि समेत ताली प्रभावकारी हुन्छ । दैनिक १५ मिनेटजति तालीको अभ्यास गर्न सकिन्छ । जसले रोगप्रतिरोधी क्षमता अभिवृद्धि गर्छ ।

-पाचनमा समस्या भएकाका लागि ताली अचुक औषधि हो । यसका लागि नियमित १५ देखि २० मिनेट ताली बजाउन सकिन्छ । यसरी बजाउँदा दाहिने हातको चार औँलामा दबाब परेको हुनुपर्छ ।

-ढाड, घाँटी र जोर्नी दुख्नेहरूले प्रत्येक औँलामा जोड पर्ने गरी ताली बजाउन आवश्यक छ । यसका लागि सही तरिकाले नियमित ताली बजाउनु पर्छ । 

#Clapping
ADVERTISEMENT