मनोरञ्जन

कोरोना भाइरस मार्छु भन्दै चीन पुगिन कन्ट्रोभर्सी क्विन राखी सावन्त

कोरोना भाइरस मार्छु भन्दै चीन पुगिन कन्ट्रोभर्सी क्विन राखी सावन्त

एजेन्सी। बलिउड इन्डष्ट्रिकी कन्ट्रोभर्सी क्विनको नामले चर्चित राखी सावन्त आफ्ना विभिन्न क्रियाकलापका कारण सधैं चर्चाको केन्द्रमा रहिरहन्छिन् । राखी सोसल मिडियामा निकै सक्रिय छिन् र इन्स्टाग्राममा उनी आफ्नो भिडियो र फोटोमार्फत् प्रशंसकसामू आफ्नो मनको कुरा साझा गर्ने गर्छिन् ।

पछिल्लो केही समयदेखि चीनमा कोरोना भाइरस चिन्ताको विषय बनेको छ । तर राखी सावन्तलाई कोरोनाको कुनै डर छैन । राखी चीन पुगेकी छिन् र उनले त्यहाँबाट कोरोना भाइरसलाई नष्ट गर्ने दाबी गरेकी छिन् ।

राखीले विमानभित्रको एउटा भिडियो सेयर गरेकी छिन् जसमा उनी कोरोना भाइरसबारे कुरा गरिरहेकी छिन् । उक्त भिडियोमा उनले आफूलाई भाइरससँग डर नलागेको र यसलाई नष्ट गर्नका लागि नै आफू चीन जान लागेको बताइन् ।

राखी यत्तिमा मात्रै सिमित भइनन् उनले अमेरिकाको नासाबाट उक्त भाइरस नष्ट गर्ने औषधीसमेत मगाएको बताइन् । राखीको यो भिडियो हेरेर मानिसहरुले निकै मजा लिइरहेका छन् ।

https://www.instagram.com/tv/B8D_fADH4Gy/?utm_source=ig_web_copy_link

भिडियोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘कोरोना भाइरस मार्न चीन जाँदै छु ।’

राखी सावन्त कोरोना भाइरस
ADVERTISEMENT