मनोरञ्जन

यस्तो बन्यो 'चपली हाईट ३' को चारानाको मसला (भिडियोसहित)

यस्तो बन्यो 'चपली हाईट ३' को चारानाको मसला (भिडियोसहित)

काठमाडौँ। चैत २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चपली हाइट ३’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘चार आनाको मसला’ बोलको गीतमा राम खम्बु र अस्मिता अधिकारीले आवज दिएका छन।  गीतको लय शब्द भने  डिपी खनाल र सुभाष भुषालले गरेका छन। 

प्रदीप लामा र उनको टिमको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र आमिर गौतम फिचर्ड छन् । डान्सिङ विटको गीतको अडियो र भिडियो दुवै राम्रो छ । भिडियोमा अभिनेत्री द्वय स्वस्तिमा र सुपुष्पा बोल्ड अवतारमा प्रस्तुत छन् । 

निकेश खड्का निर्देशित ‘चपली हाइट ३’ मा स्वस्तिमा, सुपुष्पा, आमिर र महेशसँगै प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने निर्माता अर्जुन कुमारको दाबी छ । यो फिल्मका अघिल्लो दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । 
 
 

चपली हाईट ३
ADVERTISEMENT