समाचार

मार्च १ देखि 'कामदार भिसा' मा अमेरिका जाने अनलाइन फारम खुल्दै

मार्च १ देखि 'कामदार भिसा' मा  अमेरिका जाने अनलाइन फारम खुल्दै

काठमाडौँ । अमेरिकी कामदार भिसा 'एचवान बीको अनलाईन फर्म मार्च १ बाट खुल्ने भएको छ ।

पूर्वीय समय अनुसार भिसा 'एचवान बी मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिख दिउँसो १२ बजेसम्म खुल्ने' युएससीआईएसले जनाएको छ।

युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन मार्फत आवेदन दिन सकिने छ ।

अनलाईन फर्म दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । यसपछि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ। कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ।

https://www.uscis.gov/news/alerts/initial-h-1b-registration-period-opens-noon-eastern-march-1

 

अमेरिका कामदार भिसा