मनोरञ्जन

इंस्टाग्राममा रणवीरसँगको तस्बिर शेयर गर्दै अमिताभले लेखे यस्तो ......

इंस्टाग्राममा रणवीरसँगको तस्बिर शेयर गर्दै अमिताभले लेखे यस्तो ......

एजेन्सी। बलिउड सुपरस्टार अमिताभ बच्चन यतिबेला चलचित्र 'ब्रह्मास्त्र' को छायांकनमा ब्यस्त छन। कुनै न कुनै कारणले यो चलचित्र लगातार चर्चाको केन्द्र बनेको छ। अमिताभले यसै चलचित्रको सेटबाट ४ ओटा तस्बिर इंस्टाग्राममा शेयर गरेका छन। जुन तस्बिर सामाजिक संजालमा भाइरल भईरहेको छ। अमिताभद्वारा  शेयर गरिएको उक्त तस्बिरमा रणबिर कपुर देखिएका छन।  

तस्बिर शेयर गर्दै अमिताभले क्याप्सनमा लेखेका छन 'मेरो सबैभन्दा मन पर्नेमा एक हुन् रणवीर कपुर, उनको साथमा काम गर्दै र उनको ट्यालेन्टलाई नजिकबाट नियाल्दै, यो चार तस्बिर शेयर गर्दै छु। 

चलचित्रको कुरा गर्दा यस चलचित्रमा रणवीर कपुर र आलिया भट्टले एकसाथ पहिलो पटक स्क्रिन शेयर गर्दै छन। यसमा रणवीरको भरपुर एक्सन देख्न पाइने छ।

आलिया रणवीरका अलावा चलचित्रमा अमिताभ बच्चन पनि मुख्य भूमिकामा रहेका छन।  करण जोहरद्वारा निर्देशित चलचित्र डिसेम्बर ४ मा रिलिज हुनेछ। 

 

 

रणवीर अमिताभ बच्चन तस्बिर