समाचार

नक्कली लाइसेन्सको कारोबारमा संलग्न एक महिला पक्राउ

नक्कली लाइसेन्सको कारोबारमा संलग्न एक महिला पक्राउ

जनकपुरधाम । नक्कली लाइसेन्सको कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-९ कि रूवि मिश्र रहेकी छिन् ।

रुविले आफ्ना छोरा चन्दन मिश्रको सहयोगमा नक्कली लाइसेन्स बनाइदिने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । गत माघ २९ गते महोत्तरीको गौलाशा नगरपालिका १२ बस्ने कृष्णदेव कुसवाहा प्रहरी चेकिङ्गमा परेपछि लाइसेन्स देखाउँदा लाइसेन्स नक्कली भेटिएको थियो ।

सोही अनुसन्धानका क्रममा कुसवाहाले ५ हजार नगदमा चन्दनमार्फत नक्कली लाइसेन्स लिएको बताएका थिए । कुसवाहाले मिश्रविरुद्ध बयान दिएपछि उनलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

 

पक्राउ महिला नक्कली लाईसेन्स