मनोरञ्जन

कियाराको टपलेस फोटोसँग यी ३ अभिनेताका शर्टलेस लुक, सामाजिक संजालमा भाइरल

कियाराको टपलेस फोटोसँग यी ३ अभिनेताका शर्टलेस लुक, सामाजिक संजालमा भाइरल

एजेन्सी। केहि दिन अघि मात्र लन्च भएको डब्बू रतनानीको क्यालेन्डरमा यस्ता फोटोसुट गर्ने गरिन्छ जसले कलाकारहरुलाई रातारात भाइरल बनाईदिन्छ। यतिखेर क्यालेन्डरको अत्यधिक चर्चा हुनुको एक मात्र कारण अभिनेत्री कियारा आडवाणीको टपलेस फोटोसुट हो। जहाँ कियाराले केराको पातको आफ्नो अंग छोपेको देख्न सकिन्छ। 

बर्ष २०२० डब्बुको क्यालेन्डरमा कियारा आडवाणी, सनी लियोनी र भूमि पेडनेकरको टपलेस फोटोसुट पश्चात अब भने बलिउडका यी तिन अभिनेताको चर्चा पनि उतिकै चुलिएको छ।जसमा अभिनेताहरु शर्टलेस देखिएका छन। 

अभिनेताहरु ऋतिक रोशन, बरुण धवन र जोन अब्राहम सदैव आफ्नो फिटनेसका कारण चर्चामा आउने गर्छन। यी ३ अभिनेताको तस्बिर पछिल्लो समय सामाजिक संजालमा जोडतोडले भाइरल भईरहेको छ। जोन अब्राहमले त इंस्टग्राममा आफ्नो फोटोसुट पनि शेयर गरेका छन जहाँ उनि शर्टलेस छन र एक हातले टावेल समाईरहेका छन।  

बलिउडका सुपरहिरो ऋतिक रोशनले पनि इंस्टाग्राममा आफ्नो फोटो शेयर गरेका छन। यस तस्बिरमा ऋतिकलाई शर्टलेस टफलूकमा निकै ह्यान्डसम देखिएको छ। 

ऋतिकका अलावा बलिउड अभिनेता बरुण धवनले पनि आफ्नो शर्टलेस लुकको तस्बिर इंस्टाग्राममा शेयर गरेका छन।  यस तस्बिरमा बरुणलाई टोपी लगाएको देख्न सकिन्छ।