लागूऔषध कारोबारीसँग एक अर्बको सम्पति

लागूऔषध कारोबारीसँग एक अर्बको सम्पति

काठमाडौँ। लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगरको एक अर्ब सम्पत्ति भेटिएको छ ।

लागुऔषध कारोबारबाटै देवेन्द्रले अवैध सम्पत्ति आर्जन गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निष्कर्ष छ । उनीसँग चल–अचल गरी एक अर्बको सम्पत्ति भेटिएको विभागले जनाएको छ ।

उनको सबै सम्पत्ति रोक्कासमेत गरिएको छ । अनुसन्धान टुंग्याएको विभागले मुद्दा दायरको तयारी गरेको छ । अनुसन्धान फाइल विशेष सरकारी वकिल कार्यालयमा पठाएको छ । 

 

लागुऔषध कारोबारी अर्बौं सम्पति

संम्बधित खबर