समाचार अर्थ

सरकार अलोकप्रियताको बाटोमा, विकासका करका नाममा मूल्यबृद्धि

सरकार अलोकप्रियताको बाटोमा, विकासका करका नाममा मूल्यबृद्धि

सरकारले विकास कर भन्दै पेट्रोल र डिजेलको भाउ ५/५ रुपैयाँ बढाएको छ।

अर्थमन्त्री युवराज खतिवडाले सञ्चारमन्त्रीका रुपमा बिहीबार पहिलोपटक मन्त्रिपरिषद्को पत्रकार सम्मेलनमा सहभागी हुँदै पेट्रोल र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ विकास कर थप्ने सरकारको निर्णयबारे जानकारी गराएका हुन्।

यसअघि सरकारले पेट्रोल र डिजेलमा ५ रुपैयाँ विकासकर लाग्दै आएको थियो।