समाचार

हत्तपत्त माया पर्दैन यी ५ राशिका महिलाहरु

हत्तपत्त माया पर्दैन यी ५ राशिका महिलाहरु

हरेक महिलामा मायाप्रति फरक फरक दृष्टिकोण रहेको पाइन्छ। कोहि कसैलाई झट्ट देख्नासाथ इम्प्रेस हुन्छन त कोहि जस्तोसुकै ह्याण्डसम देखेपनि मतलब नदिने खालका हुन्छन। अर्थात् उनिहरुलाई चाहेर पनि सजिलै मनाउन सकिदैन। आउनुहोस त्यस्ता राशिका महिलाका बारेमा कुरा गरौँ जसबाट प्रेम आशा गर्न असम्भव छ।

कन्या राशि 

यस राशिका महिलाहरुले आफुलाई बढी महत्व दिन्छन। उनीहरु आफूमाथि आफ्नो उच्च विश्वासको कारण आफैंलाई नियन्त्रणमा राख्नेमा विश्वास गर्दछन्। यस्ता केटीहरु फर्स्ट क्लासको पार्टनरको खोजीमा हुन्छन। आफुले चाहेको जस्तो मानिस नभेटेसम्म यिनीहरु सिंगल नै रहन चाहन्छन।

वृश्चिक राशि

वृश्चिक राशिको महिलाको बारेमा कुरा गर्दा यिनीहरु मायामा खासै स्पष्ट हुँदैनन। वास्तवमा यी महिलाहरुलाई थाहा नै हुँदैन कि उनीहरु कस्तो मानिसको खोजीमा छन। यसका अलावा जब यिनीहरु कसैसंगको सम्बन्धमा हुन्छन तब यिनीहरुले सम्बन्धलाई राम्रोसँग न्याय गर्छन।

धनु राशि

धनु राशिका महिलाहरु निकै नै सुन्दर, आकर्षित र रिसाहा खालका हुन्छन। यिनीहरु सबैसँग खुलेर बोल्छन र दिलको अति नै सफा हुन्छन । कसैको बन्धनमा भने उनीहरु बस्न सक्दैनन। उनीहरु आफ्नैजस्तो आनीबानी भएको पार्टनरको खोजीमा हुन्छन। 

कर्कट राशि

यस राशिका महिलाहरु लजालु खालका हुन्छन। जसले गर्दा उनीहरु आफ्नो मनको कुरा कसैलाई पनि सजिलै व्यक्त गर्न सक्दैनन। यसका अलावा यिनीहरुले अरुलाई आफ्नोबारेमा जान्ने मौका पनि दिंदैनन। माया प्रेमको मामलामा यस राशी भएका महिलाहरु अलि फरक हुन्छन। 

मकर राशि

प्राक्टिकल सोच राख्ने कारणले गर्दा यस राशिका महिलाहरु कसैलाई झट्ट बिश्वास गरिहाल्दैनन। मायाको मामलामा यिनीहरु दिलले होइन दिमागले सोचेर निर्णय लिन्छन। यस राशिका बारेमा के पनि भन्ने गरिन्छ भने यिनीहरु कसैसंग सम्बन्ध निभाउनु भन्दा पहिले आफ्नो फाइदा र नोक्सान हेर्ने गर्छन।   

 

राशी महिला