समाचार

पश्चिमी वायुको प्रभाव, अझै केहिदिन पानी पर्ने

पश्चिमी वायुको प्रभाव, अझै केहिदिन पानी पर्ने

काठमाडौँ। पश्चिमी न्यून चापीय वायुको प्रभावले अझै केहीदिन पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा महाशाखाले जनाएको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार प्रि–मनसुनको पूर्वावस्था भएकाले पनि मौसम फेरबदल भइरहेको हो । नेपालमा प्रि–मनसुन भित्रिने सरदर समय मार्च १ हो । यस्तो बेला अवधिमा पहाडी भेगमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, मेघ गर्जन चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।।

 

#मौसम