अर्थ

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । बुधबार सुनको मूल्य ५ सय रुपैंयाले घटेको छ।

मंगलबार प्रतितोला ८० हजार रुपैंयामा कारोबार भएको छापावाला सुनको मूल्य आज ७९ हजार ५०० निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि घटेको छ। मंगलबार ७९ हजार ७०० प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७९ हजार ३ सय पुगेको छ।

त्यस्तैगरी, चाँदीको मूल्य पनि आज घटेको छ । बुधबार चाँदी २० रुपैंयाले घटेर ९ सय ५ रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ।

#नेपाल सुनचाँदी व्यवसायी महासंघ